राजनीति


‘सत्ता गठबन्धन सातुको डल्लो जस्तै हो, निर्वाचनपछि सबैको सटर बन्द हुन्छ’

‘सत्ता गठबन्धन सातुको डल्लो जस्तै हो, निर्वाचनपछि सबैको सटर बन्द हुन्छ’

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १६:४०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई सातुको डल्लो भनेका छन्। 

स्याङ्जामा आइतवार आयोजित एमालेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तोबताएका हुन्। 

'एमाले सरकार आयो भने हामी त देश छाडेर भाग्नुपर्छ भन्छन्, किन भाग्नुपर्यो देश छाडेर। तपाईंहरुको सटर चल्दैन भन्ने हो भने सटर त बन्द हुन्छ', उनले केही साताअघि बुटवलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दिएको अभिव्यक्ति सम्झिँदै भने, 'खुद्रा पसलहरुको सटर चुनावपछि बन्द हुन्छ, पसल पनि बन्द हुन्छ।'

उनले परमादेश सरकार १५ /१६ महिना जाने बताउँदै सातुको डल्लो जस्तै गठबन्धन पनि चुनाव पनि फुटेर सकिने उल्लेख गरेका छन्। 

ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याएर छाड्ने बताए। 'सन् १९५२ मा चीनतर्फको सीमामा भारतले राखेका १७ चेक पोस्ट कांग्रेसका प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले राखेका थिए',  उनले भने, 'त्यसलाई कीर्तिनिधि विष्टले हटाए। हामी पनि भारतले मिचेको भूमि फिर्ता ल्याएर देखाउँछौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad