राजनीति


अब गोरखाबाट नयाँ क्रान्ति थाल्छु : प्रचण्ड

अब गोरखाबाट नयाँ क्रान्ति थाल्छु : प्रचण्ड

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १८:२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब गोरखाबाट नयाँ क्रान्तिको थाल्ने बताएका छन्। 

जनक्रान्ति अगाडि बढाउने थलोका रुपमा गोरखा रहेको बताउँदै उनले अब नयाँ अभियानको थालनी यहीँबाटै गर्ने निष्कर्षमा पुगेको बताएका हुन्। 

गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौंमा बुधबार गरेको कार्यक्रममा बोल्दै प्रचण्डले चुनाव नेपाली समाजको विकृति तोड्ने कुरासँग सम्बन्धित रहेको बताए। 

उनले प्रतिगमनतिर लैजान चाहनेहरुविरुद्ध विजयको नयाँ यात्रा सुरु गर्नेसँग सम्बन्धित भएको भन्दै गोरखाली जनतामाथि भरोसा गरेको उल्लेख गरे। 

यसअघि रोल्पा, काठमाडौं र सिरहाबाट चुनाव लड्दा पनि आफूले चुनाव जित्न नलडेको उनले स्पष्ट पारे। 

‘चुनाव त जित्नु नै थियो, जितियो पनि। तर मेरो उद्देश्य चुनाव मात्र जित्नु थिएन,’ उनले भने, ‘जनयुद्ध र जनआन्दोलनलाई एक ठाउँमा केन्द्रित गरेर नयाँ ऐतिहासिक प्रक्रियाको सन्देश दिनु थियो।'

उनले आफू सिरहा जाँदा पनि मधेसका जनतालाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउने हिम्मतका साथ पुगेको बताए। 

यस पटक राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश दिन पनि आफू गोरखा पुगेको उनले बताए। 

अहिले संसदवादका रोगहरु यत्रतत्र देखिन थालेको भन्दै पार्टी पुनःनिर्माण अभियान र क्रान्तिकारी रुपान्तरण गर्ने उपयुक्त थलोका रुपमा गोरखा रोजेको उनले बताए। 

‘संविधानमा किटेर भनेको कुराको पनि अझै ऐन बन्न नसक्नुले देशभरीका जनतालाई सबै आफू आफ्नो भाग्यको मालिक बन्यौ हामी भन्ने महशुस हुन सकेको छैन', उनले भने, 'त्यसैले अब यसका लागि आर्थिक समृद्धिका लागि आर्थिक क्रान्तिको खाँचो छ। जुन शान्तिपूर्ण र प्रतिष्पर्धाको हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .