राजनीति


यी हुन् भारतका नयाँ सेनापति

यी हुन् भारतका नयाँ सेनापति

नेपालखबर
पुस १, २०७६ मंगलबार १२:४६,

भारतमा लेफ्टिनेन्ट जनरल मनोज मुकुन्द नरवाने नयाँ सेनापति हुने भएका छन्। वर्तमान सेनापति जनरल विपिन रावतको कार्यकाल ३१ डिसेम्बरमा समाप्त हुँदैछ।

नारावाने दुई वर्ष ४ महिना सेनापति रहने छन्।

५९ वर्षीय नरवाने चीन विज्ञ मानिन्छन्। उनले लामो समय जम्मु र कस्मिर तथा भारतको उत्तरपूर्वमा प्रतिआतंकवाद र प्रतिविद्रोह अपरेसनको नेतृत्व गरेका थिए। अहिले उनी भारतीय सेनाको उपप्रमुख हुन्।

उनले कोलकातास्थित पूर्वी कमान्डको नेतृत्व गरेका थिए। जुन, पूर्वी क्षेत्रमा चीनसँगको सीमा रक्षाका लागि जिम्मेवार मानिन्छ।

उनको अनुभव चीनसँगको रणनीतिक प्रतिस्पर्धामा निकै उपयोगी हुने विश्लेषकहरुले बताएका छन्।

भारत सरकारले उनलाई वरिष्ठताका आधारमा सेनापति बनाउने निर्णय गरेको हो।

यतिबेला भारतीय सेनाको पुनर्संरचना चलिरहेको छ। विशाल संख्या भइकन भारतीय सेना आधुनिकीकरणका लागि संघर्ष गरिरहेको छ।

भारतले यसैवर्षदेखि सेनामा चिफ अफ डिफेन्स स्टाफको पद पनि थपेको छ। तर, सो पदमा कसैलाई नियुक्त गरिएको छैन।

नरवानले सेनामा ३९ वर्ष बिताइसकेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad