ad ad

राजनीति


एकीकृत समाजवादीले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने

एकीकृत समाजवादीले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १३:८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले ऊर्जाशील, दक्ष र बौद्धिक जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने प्रतिवद्धता जनाएको छ।

एकीकृत समाजवादीले गाउँ–सहरमा रोजगारी र स्वरोजगारीका अवसरहरू सृजना गरेर ऊर्जाशील, दक्ष र बौद्धिक जनशक्तिलाई विदेश पलायन  हुनबाट रोक्ने प्रतिवद्धता जनाएको हो। 

‘हाम्रा युवा, हामीसँगै भन्ने आह्वानका साथ ऊर्जाशील, दक्ष र बौद्धिक जनशक्तिलाई विदेश पलायन (बे्रन डे«न) हुनबाट रोक्ने र आफ्नै गाउँ सहरमा रोजगारी र स्वरोजगारीका अवसरहरू सृजना गर्ने कुरालाई उच्च प्राथमिकतामा राखिने छ,’ चुनावी घोषणा पत्र सार्वजनिक गर्दै एकीकृत समाजवादीले भनेको छ। 

घोषणा पत्रमा ऊर्जा, दक्षता, बुद्धि र क्षमता भएको युवा जनशक्तिलाई उत्साहसाथ देश निर्माणमा लाग्न प्रेरित गरिने पनि उल्लेख गरिएको छ। ‘युवाहरूलाई रूपान्तरणका संवाहक र नेतृत्वका साझेदारका रूपमा विकास गरिने छ,’ घोषण पत्रमा भनिएको छ, ‘सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा जिम्मेवारी सम्हाल्न युवा नेतृत्व विकास गरिने छ।’ 

उद्यमशीलता वृद्धि गरी युवालाई स्वरोजगारतर्फ आकर्षित गरिने, हिंसा, दुव्र्यसन र अराजक काममा युवालाई दुरूपयोग गर्ने प्रवृत्तिलाई नियन्त्रित गरिने र युवालाई स्वयंसेवामा उत्प्रेरित गरी राष्ट्र निर्माणमा परिचालन गरिने एकीकृत समाजवादीले घोषण पत्रमा उल्लेख गरेको छ।  

‘शिक्षित र दक्ष युवालाई देशभित्रै उच्च पारिश्रमिक आधारित रोजगारी सिर्जना गरिने छ,’ घोषणा पत्रमा लेखिएको छ, ‘युवाहरूलाई उत्पादन, उद्यम र रोजगारीमा आवद्ध गर्नका लागि उत्पादनमूलक, उद्यमशीलता र रोजगारमूलक कार्यक्रमहरू सञ्चालन गरिने छ।’ 

सीपमुलक तालिम केन्द्रमार्फत् युवालाई सीपमुलक र व्यावसायिक तालिम दिएर स्वरोजगारका अवसर वृद्धि गरिने र युवा उद्यमीहरूका लागि सुलभ र सरल कर्जाको व्यवस्था गर्ने पनि एकीकृत समाजवादीको योजना छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .