शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल कांग्रेस र नेकपा माओवादी केन्द्र देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएको बताएका छन्। शनिबार गलकोट नगरपालिका–१ दुदिलाभाटी र नरेठाँटीमा सत्ता गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादी मिलेर संविधान रक्षा गरेको बताए।
‘कांग्रेस र माओवादीबीच मूल मुद्दा मिलेका छन्, केपी ओलीले दुईदुई पटक संसद् विघटन गर्दा संविधान जोगाउन कांग्रेस–माओवादीसहित सरकार गठन भई संविधानको रक्षा भयो,’ उनले भने।
उनले बाँचुञ्जेल बागलुङको विकासका लागि लागिपर्ने बाचा गरे। बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै उनले अहिल नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताए।
बागलुङ–२ प्रदेश क का गठबन्धनका साझा उम्मेदवार जितबहादुर शेरचनले हरेक कुरामा परिर्वतन गरी जनताको जीवनस्तर उठाउन आफूहरुले उम्मेदवारी .दिएको बताए।
प्रतिक्रिया