राजनीति


रुपन्देही २ मा गठबन्धनको साथ पाएपछि जनमुक्ति पार्टीद्वारा ७ उम्मेदवारी निष्क्रिय

रुपन्देही २ मा गठबन्धनको साथ पाएपछि जनमुक्ति पार्टीद्वारा ७ उम्मेदवारी निष्क्रिय

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १८:१२, काठमाडौँ

रुपन्देही क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनको साथ पाएपछि राष्ट्रिय जनमुक्ति पार्टीले आफ्ना ७ वटा उम्मेदवारी निष्क्रिय गराएको छ। एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले राष्ट्रिय  जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गरेको छ।

आफूलाई समर्थन गरेवापत जनमुक्तिले रुपन्देहीका प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रका ७ वटा उम्मेदवारी निष्क्रिय पारी गठबन्धनलाई सघाउने निर्णय भएको आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।

प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नम्बर १ का डीबी थापा, क्षेत्र नम्बर ३ का मुजिब अली, क्षेत्र नम्बर ४ का जवाहर अली र क्षेत्र नम्बर ५ का भैरव थापाको उम्मेदवारी निष्क्रिय गरेको पाँच दलीय गठबन्धन र जनमुक्ति पार्टीबीच भएको सहमतिमा उल्लेख छ।

त्यसैगरी प्रदेश सभातर्फ रुपन्देही १ क की विमला गुरुङ, १ ख का छत्रबहादुर दर्लामी, ३ ख का मीनबहादुर पल्लीमगरको उम्मेदवारी निष्क्रिय गरिएको वार्ता समिति संयोजक राजु गुरुङले जानकारी दिए।

विज्ञप्तिमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य वामदेव क्षेत्री, कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, लोसपाका अजय वर्मा र नेपाल समाजवादी पार्टीका कमल खनालले हस्ताक्षर गरेका छन्। विज्ञप्तिमा जनमुक्तिका तर्फबाट जिल्ला अध्यक्ष प्रेमवहादुर थापाले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad