ad ad

राजनीति


बाबुरामको चेतावनी : सामाजिक सञ्जालमा फोहोर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ

बाबुरामको चेतावनी : सामाजिक सञ्जालमा फोहोर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ

नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार १३:३३, काठमाडौँ

आफू यसपटक चुनावी प्रतिस्पर्धामा नहुँदा पनि आफ्नोसमेत फोटो राखेर दुष्प्रचार गरिएको भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। 

पूर्वप्रधानमन्त्री भट्टराईले बिहीबार सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्, ‘जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढंगको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ, उसको समेत फोटो राखेर अनर्गल दुष्प्रचार गर्नेहरू कुन ग्रहबाट आएका हुन्?’

उनले अगाडि भनेका छन्, ‘उनीहरूको चर्मचक्षु भए पनि ज्ञानचक्षु छैन कि? सामाजिक सञ्जालमा फोहर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ।’

मंसिर ४ को चुनावको सन्दर्भमा सामाजिक सञ्जालमा विभिन्न पेज र ग्रुप बनाएर शीर्ष नेताहरूविरुद्ध आलोचना र टिप्पणी गर्ने क्रम चलिरहेको छ। 

जसका कारण निर्वाचन आयोगले केही दिनअघि मात्र त्यसरी नेताहरूविरुद्ध सामाजिक सञ्जालमा जथाभावी नलेख्न चेतावनी दिएको थियो। यस्ता गतिविधि जारी राखे कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि आयोगले दिएको छ। 

याे पनि‘नो नट अगेन’ भन्न नहुने भए शीर्ष नेतालाई अहिले नै विजयी गरियोस् : भीम रावल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .