चौधरी समूहद्वारा सञ्चालित सीजी कम्युनिकेसन प्रालिले फ्रिक्वेन्सी बढाबढ (लिलामी) प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाई उसले आइतबार रिट दायर गरेको हो।
निवेदनमा नेपाल दूरसञ्चार प्राधिकरणले यही मंसिर १८ गते जारी गरेको फ्रिक्वेन्सी बढाबढ (लिलामी) रोक्न माग गरिएको छ।
निवेदनको अन्तिम टुंगो नलाग्दासम्म फ्रिक्वेन्सी बढाबढ प्रक्रिया कार्यान्वयन नगर्न आदेश माग गरिएको छ।
९००, १,८०० र २,१०० मेगाहर्ज ब्यान्डका फ्रिक्वेन्सी आफ्नो रहेको बताउँदै सीजीले ती आफूलाई प्रदान गरेर मात्र बाँकीका लागि लिलाम बढाबढ गर्न माग गरेको छ।
प्रतिक्रिया