राजनीति


एमालेकी जुली महतोले दिइन् धनुषा ३ बाट उम्मेदवारी

एमालेकी जुली महतोले दिइन् धनुषा ३ बाट उम्मेदवारी

नेपालखबर
असोज २३, २०७९ आइतबार १७:९, काठमाडौँ

नेकपा एमालीकी नेतृ एवं पूर्वमन्त्री जुलीकुमारी महतोले धनुषा ३ बाट उम्मेदवारी दर्ता गराएकी छन्।

एमाले–जसपा गठबन्धनबाट जुलीले धनुषा ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिबाट पराजित भएकी थिइन् भने २०७४ मा समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।

उनीसँगै धनुषा ३ कमा प्रदेश सभाका लागि जसपाका जितेन्द्र यादव र धनुषा ३ खमा एमालेबाट दीपेन्द्र ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।

सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट लोसपाका अनिल झा उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad