ad ad

राजनीति


एमाले मोरङ सचिव रुपेश खतिवडाद्वारा राजीनामा

एमाले मोरङ सचिव रुपेश खतिवडाद्वारा राजीनामा

नेपालखबर
असोज २२, २०७९ शनिबार १३:५८, विराटनगर

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि भएको टिकट वितरणमा असन्तुष्टि जनाँउदै एमाले मोरङका सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन्। 

उनले दिएको राजीनामा पत्रमा  एमाले मोरङका तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति सिद्धान्त र विधिविपरीत  केही व्यक्तिको स्वार्थ अनुकुल सामाजिक सञ्जालमा प्रचार गरिएकाले असहमत भएको जनाएका छन्। 

उनले पार्टीका कमिटीहरु मानार्थ र बोधार्थ मात्रै नभएको भन्दै राजीनामा पत्रमा पार्टी निर्णयमा पदीय जिम्वेवारी अनुसार सचिवको भूमिका रहनु पर्ने दावी गरेका छन्। 

अहिले उम्मेदवारको प्रचार पजनी शैलीमा भएको उनले राजीनामा पत्रमा लेखेका छन्। उनले  एमाले प्रदेश १ कमिटी र केन्द्रीय कमिटीलाई बोधार्थ दिँदै राजीनामा दिएका हुन् । 

खतिवडाले पार्टीले विधि र पद्धतिविपरीत भएको निर्णयको साक्षी किनारा भएर बस्न नसक्ने पनि उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .