नेकपा एमालेले प्युठानमा प्रतिनिधिसभाका लागि पोलिटब्यूरो सदस्य सूर्य थापालाई टिकट दिएको छ।
एमाले प्युठानले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेअनुसार अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका हुन्।
प्युठानबाट सूर्य थापा सर्वसम्मत सिफारिस, प्रतिस्पर्धी जनमोर्चाकी दुर्गा पौडेल?
एमाले प्युठानका इन्चार्ज थापा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए।
प्युठानमा उनले जनमोर्चाकी नेतृ दुर्गा पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। उनलाई कांग्रेस-माओवादी गठबन्धनको साथ छ।
२०७४ को निर्वाचनमा पनि पौडेल नै विजयी भएकी थिइन्।
प्युठान सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाको प्रभाव क्षेत्र हो। उनलाई उठाउने गरी राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिले निर्णय नै गरिसकेको छ।
जनमोर्चाले प्युठान र बागलुङ आफूले जित्ने भन्दै दाबी गरेको छ। बागलुङमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी उठ्दैछन्।
Shares

प्रतिक्रिया