ad ad

राजनीति


प्युठानबाट सूर्य थापा सर्वसम्मत सिफारिस, प्रतिस्पर्धी जनमोर्चाकी दुर्गा पौडेल?

प्युठानबाट सूर्य थापा सर्वसम्मत सिफारिस, प्रतिस्पर्धी जनमोर्चाकी दुर्गा पौडेल?

नेपालखबर
भदौ २०, २०७९ सोमबार १६:१, काठमाडौँ

नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापा प्युठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्। 

थापालाई पार्टीले पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उठाउने गरी सिफारि गरेको हो।

सोमबार बसेको एमाले जिल्ला कमिटीको चौथो बैठकले नेता थापाको एकल नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला सचिव माधव पौडेलले बताए। 

पत्रकारिता पृष्ठभूमिबाट एमालेको पार्टी राजनीतिमा आएका थापा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार भएका थिए। 

सचिव पौडेलका अनुसार  प्युठानमा प्रत्यक्षतर्फ प्रदेश (क) बाट एमालेको लुम्विनी  प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा र प्रदेश (ख) बाट केन्द्रीय सदस्य एवम् प्युठान जिल्ला सह-ईन्चार्ज हरिप्रसाद रिजालको एकल नाम सिफारिस भएको छ। 

रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाव जितेर लुम्बिनी प्रदेशको सहरी तथा ग्रामीण विका मन्त्रीसमेत भएका थिए। 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमालेले उठाउने भएपछि उनका प्रतिस्पर्धीबारे चर्चा भइरहेको छ।

प्युठान सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाको प्रभाव क्षेत्र हो। जहाँ २०७४ मा निर्वाचित दुर्गा पौडेल फेरि उठ्ने तयारीमा छन्। 

उनलाई उठाउने गरी राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिले निर्णय नै गरिसकेको छ। 

त्यस्तै सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसबाट डा. गोविन्दराज पोखरेल पनि दौडमा छन्। 

तर जनमोर्चाले प्युठान र बागलुङ आफूले जित्ने भन्दै दाबी गरेकाले कांग्रेसको इतर समूहका पोखरेललाई टिकट मिल्न मुस्किल छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .