ad ad

राजनीति


कांग्रेस संस्थापन इतर समूहकाे भेला हुँदै, प्रत्यक्ष उम्मेदवार बन्न इच्छुकको सर्टलिस्ट बनाउने

लोकप्रिय, अवसर नपाएका, जित्न सक्ने क्षमता भएकाहरुलाई अवसर दिने
कांग्रेस संस्थापन इतर समूहकाे भेला हुँदै, प्रत्यक्ष उम्मेदवार बन्न इच्छुकको सर्टलिस्ट बनाउने

फाइल तस्बिर।


नेपालखबर
असोज २०, २०७९ बिहिबार ९:१६, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज छुट्टै भेला गर्ने भएको छ। बिहीबार दिउँसो २ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाइएको सो समूहका नेता गुरु घिमिरेले नेपालखबरलाई जानकारी दिए। 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुकहरुको नाम संकलन गर्न भेला बोलाइएको हो। 

‘आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा पनि हुन्छ,’ घिमिरेले नेपालखबरसँग भने, ‘साथै, निर्वाचनमा सहभागी हुनका लागि इच्छुकहरुको नाम पनि सर्ट लिस्ट बनाउँछौं र बुझाउँछौं।’ लोकप्रिय, अवसर नपाएका, जित्न सक्ने क्षमता भएकाहरुलाई अवसर दिने घिमिरेले जानकारी दिए।

यसका साथै उम्मेदवार बन्न इच्छुकको सूची संसदीय समिति (बोर्ड) मा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल हुने नेता घिमिरेले जानकारी दिए।

उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार कांग्रेसले बनाएको छ।

असोज २३ गते उम्मेदवारी दर्ताको समय भएकाले आज र भोलि उम्मेदवार छनोट गरिसक्ने कांग्रेसको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .