नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास (भक्तपुर, बालकोट) मा सोमबार आयोजित कार्यक्रमकाबीच लामा एमालेमा प्रवेश गरेका हुन्।
उनलाई अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायत एमाले नेताले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।
उनी हुम्लाबाट निर्वाचित सांसद हुन्। २०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर सांसद बनेका लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादी केन्द्रमा फर्किएका थिए।
याे पनि : प्रचण्ड–नेपाल समूहमै फर्किए छक्कबहादुर
असोज १७, २०७९, साेमबार
प्रतिक्रिया