ad ad

राजनीति


भरतपुरको शिवनगरस्थित नयाँ घरमा सरे प्रचण्ड

भरतपुरको शिवनगरस्थित नयाँ घरमा सरे प्रचण्ड

नेपालखबर
असोज १०, २०७९ सोमबार १२:१२, काठमाडौँ

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पुर्ख्यौली जग्गामा बनेको नयाँ घरमा सरेका छन्।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित शिवनगरमा बनेको एक तले नयाँ घरमा प्रचण्ड र पत्नी सीता दाहाल सरेका हुन्। 

यसअघि उनी भाडामा बसेको र नयाँ घर बनाएको क्षेत्र शिवनगरभित्रै पर्छन्। 

चितव क्षेत्र नम्बर ३ स्थित आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्डले घर बनाएका हुन्। प्रतिनिधि सभाको निर्वाचन आउँदै गर्दा प्रचण्डको नयाँ घर सराइलाई अर्थपूर्ण मानिएको छ। 

नयाँ एकतले घर बनाइएको ६ कठ्ठा जग्गा प्रचण्डको पैतृक सम्पत्ति रहेको  बताइएको छ। यसअघि प्रचण्ड काठमाडौंबाट चितवन जाँदा भरतपुरको शिवनगरस्थित भाडाको घरमा बस्ने गरेका थिए। 

मंसिर ४ को निर्वाचन नजिकिएसँगै प्रचण्ड आफ्नो क्षेत्रमा केन्द्रित छ। उनले विकास निर्माणका कामको उद्घाटन र शिलान्याशदेखि पार्टी प्रवेशलाई तीव्र बनाएका छन्। 

आज प्रचण्ड भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्न लागेका हुन्। यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन्। शिवनगरकै नजिक प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन्।

बिरामी पत्नी सीतासँगै उनी चितवन पुगेका छन्। आफ्नो निर्वाचन क्षेत्र चितवन ३ का नेता तथा कार्यकर्तासँग भेटघाटलाई उनले तीव्र पारेका छन्। 

पछिल्लो समय जिल्लाका केही चर्चित नेताहरुले माओवादी छाडेर एमालेतिर लागेपछि प्रचण्डलाई चुनौती थपिएको छ। यस्तोमा चितवन ३ का नेता कार्यकर्ता रिझाउन उनी चितवन पुगेका हुन्। 

दाहालले जिल्लाका असन्तुष्ट नेता कार्यकर्ताहरुलाई अन्य पार्टीमा जान रोक्ने योजना बनाएका छन्। उनले आइतवार मात्रै अन्य दलका केही नेता कार्यकर्तालाई माओवादीमा भित्र्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .