ad ad

राजनीति


रुपन्देहीमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ

रुपन्देहीमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ

सुदीप भण्डारी
असोज ५, २०७९ बुधबार १६:२६, बुटवल

रुपन्देहीमा हत्याको कसुरमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन्।

जिल्लाको गैडहवा गाउँपालिका ५ सिंहवाका रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो।

उनले २०५८ साल साउन २१ गते राती साविक विष्णुपुरा गा.वि.स ७ मा पसल गरि बस्ने खड्कबहादुर श्रेष्ठको कुटपिट गरि हत्या गरेको प्रहरीको भनाइ छ।

जिल्ला अदालत रुपन्देहीबाट २०७३ वैशाख ३० गतेको फैसला अनुसार उनलाई जन्मकैद ठहर भएको थियो।

हत्या लगत्तै फरार भएका यादवलाई इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले मंगलबार पक्राउ गरेको हो। फैसला कार्यान्वयनको लागी रुपन्देही अदालतमा पेश भएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .