नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समानुपातिकतर्फ धेरै युवा समेट्नेगरी उम्मेदवारको बन्द सूची बनाइएको बताएका छन्।
सोमबार प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक उम्मेदवार बन्द सूचि बुझाउन आयोग पुगेका पुनले नयाँ ढंगले युवाहरुलाई अगाडि सारिएको दाबी गरे।
‘हाम्रो पार्टीले यसपटक धेरै युवाहरुलाई समेट्न जोड गरेको छ, युवाहरु धेरै हुने गरी (बन्दसूची) प्रस्तुत गरेका छौं,’ उनले भने, ‘सबै निर्वाचन प्रक्रिया पूरा गरेर सार्वजनिक गरेपछि आम मतदातालाई लाग्ने छ कि माओवादीले नयाँ ढंगले युवाहरुलाई प्रस्तुत गरेको छ ।’
उनले यसअघिका समानुपातिक सांसद, स्थानीय तहमा निर्वाचन हारेकालाई उम्मेदवारको बन्द सूचीमा नसमटेको दाबी गरे ।
42
Shares
प्रतिक्रिया