ad ad

राजनीति


ओलीलाई प्रचण्डको प्रश्न : प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन नभएर के हो?

‘प्रतिपक्षी दलका नेताले प्रतिगमनको व्यख्या गर्नु भयो’
ओलीलाई प्रचण्डको प्रश्न : प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन नभएर के हो?

नेपालखबर
असोज १, २०७९ शनिबार १४:३८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको भावना विपरित प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन भएको बताएका छन्।

प्रतिनिधिसभा बैठक सम्बोधन गर्दै उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो बताएका हुन्। 

‘संविधानमा हुँदै नभएको अधिकार सदन भित्रबाट अर्को सरकार बन्ने सम्म्भावना भएसम्म सदन विघटन गर्न पाइदैन भनेर हामी सबैले सचेत रुपमा संविधानमा व्यवस्था गरेको होइन?,’ प्रश्न गर्दै प्रचण्डले भने, ‘अनि सरकार बनाउने अर्को सम्भावना हुँदा हुँदै संविधानको मर्म, भावना, लोकतन्त्रको मान्यताविपरित सरकारको नेतृत्व गरेको दलभित्र बैठक बस्दाबस्दै तयसभित्र चर्चा पनि नगरिकन हठात् संविधानको भावना विपरित प्रतिनिधिसधा विघटन गर्ने काम प्रतिगमन नभएर के हो?’

उनले संविधानले गरेको निर्देशअनुसार स्थायित्व र समृद्धिको यात्रामा अगाडि बढ्ने अपेक्षा गरिए पनि जान नसकिएको बताए।

‘संविधानले निर्देशित गरेअनुसार नै हामी स्थायित्व र समृद्धिको यात्रामा अगाडि बढ्ने छौं भन्ने अपेक्षा गरिएको थियो,’ प्रचण्डले भने, ‘त्यो अपेक्षा नेपाली जनताको को पनि थियो, यो सदनको पनि थियो। तर, दुर्भाग्यो त्यो हुन सकेन। तीन वर्ष पुग्दानपुग्दै संविधानको मर्म र भावनाअनुसार सरकार अगाडि जान सकेन।’

उनले प्रमुम प्रतिपक्षी दलका नेता ओलीप्रति व्यंग गर्दै लोकतन्त्रको व्याख्या जसले जस्तो ढंगबाट गरे पनि हुने आफूलाई लागेको बताए।

‘प्रतिपक्षी दलका नेताले प्रतिगमनको व्यख्या गर्नु भयो,’ अध्यक्ष प्रचण्डले भने, ‘लोकतन्त्रको व्यख्या गर्नुभयो। जसले जे भने पनि हुने रहेछ कि जस्तो पनि लाग्यो मलाई।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .