ad ad

राजनीति


प्रचण्ड र बाबुरामबीच भेट, बाबुराम भन्छन् : गम्भीर राजनीतिक छलफल भयो

प्रचण्ड र बाबुरामबीच भेट, बाबुराम भन्छन् : गम्भीर राजनीतिक छलफल भयो

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार २२:५२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

शुक्रबार प्रचण्ड भट्टराई निवासमा पुगेका हुन्। रातिको खानासहित उनीहरुबीच छलफल भएको हो।

भट्टराईले फेसबुकमा प्रचण्डसँगको भेटको तस्बिर सार्वजनिक गर्दै लेखेका छ्न्, ‘लामो समयपछि क. प्रचण्डसँग गम्भीर वैचारिक, राजनीतिक छलफल। पारिवारिक वातावरणमा केही रमाइलो पनि। युगीन प्रचण्ड ‘हबा’सँग दंग।’

वार्तापछि सामूहिक तस्बिर खिचाइएको छ। जसमा भट्टराईका परिवारका सबै सदस्य छन्। 

पछिल्लो समय भट्टराईले माओवादीको चुनाव चिह्नमा चुनाव लड्ने सहमतिसँगै उनीहरुबीचको निकटता बढ्दो छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .