वरिष्ठ अभिवक्ता ओमप्रकाश अर्यालले महाअभियोग सिफारिस समितिमा लिखित बयान दिएका छन्।
बिहीबार अन्य ६ जना वकिलसँगै अर्याल बयानका लागि समिति समक्ष उपस्थित भएका थिए।
समिति समक्ष लिखित बयान पेश गर्दै अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लगाएका आरोपको खण्डन गरे।
उनले चोलेन्द्रसँग आफूले आरोपबारे जिरह गनु पाउनुपर्ने दाबीसमेत गरेका थिए।
चोलेन्द्रले अधिवक्ता अर्याललाई ‘श्रीमतीलाई न्यायाधीश बनाउन चाहेको’ आरोप लगाएका थिए।
अर्याललगायत सात जना वकिल, चार जना पूर्वप्रधानन्यायाधीश र ६ जना सर्वोच्चका बहालवाला न्यायाधीशलाईसमेत उनले विभिन्न आरोप लगाएका थिए।
आरोपी सबैलाई महाअभियोग सिफारिस समितिले आज बयानका लागि बोलाएपनि वकिलहरु मात्रै बयान दिन गएका हुन्।
यस्तो, छ अर्यालको बयान
93
Shares
प्रतिक्रिया