निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्ध लागेको आरोपबारे आइतबारसम्म ३५ वटा प्रश्नको जवाफ दिएका छन्।
जबराले ३५ वटा प्रश्नको जवाफ दिएसँगै आइतवार मध्यान्ह पौने १ बजेदेखि सुरु भएको उनको बयान अपरान्ह साढे ४ बजे सकिएको हो।
महाअभियोग सिफारिस समितिका सदस्य एवम् नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले जबराबाट ३५ प्रश्नको जवाफ आएको बताउँदै बाँकी बयान अब भदौ २८ गते लिइने जानकारी दिए।
उनले चौथो दिनको बयान सकिँदासम्म ३५ प्रश्नको जवाफ दिएका हुन्। उनले तेस्रो दिनसम्म ११ वटा प्रश्नको जवाफ दिएका थिए। चौथो दिन आइतवार उनले थप २४ वटा प्रश्नको जवाफ दिएका हुन्।
भदौ २६, २०७९ आइतबार १८:२०
प्रतिक्रिया