ad ad

राजनीति


बेलायतमा आज निर्वाचन, को बन्ला प्रधानमन्त्री?

बेलायतमा आज निर्वाचन, को बन्ला प्रधानमन्त्री?

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ९:२१,

बेलायतमा आज आम चुनाव हुँदैछ। इंग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्ड गरी ६५० संसदीय सिटका लागि मतदान हुँदैछ। मदतानस्थलमा लामो लाइन लागिसकेको छ।

गत सय वर्षमा डिसेम्बरमा भएको यो पहिलो चुनाव हो। ब्रेक्जिटसम्बन्धी राजनीतिक अस्थिरताका कारण गत पाँच वर्षमा भएको यो तेस्रो आम चुनाव हो। संसदले ब्रेक्जिट सम्झौताबारे निर्णय गर्न नसक्दा मध्यावधि चुनाव भएको हो।

निर्वाचन परिणामले बेलायतको प्रधानमन्त्री को हुने भन्ने तय गर्ने छ। खासगरी वर्तमान प्रधानमन्त्री तथा कन्जरभेटिभ नेता बोरिस जोन्सन र लेबर पार्टीका वामपन्थी जेरेमी कोर्बिनबीच प्रतिस्पर्धा छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .