नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रशिक्षण सुरू भएको छ।
वीरेन्द्रनगरको सिटी हलमा प्रदेश कमिटीले आयोजना गरिएको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको सुरू भएको हो।
प्रशिक्षणमा प्रमुख अतिथि पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड रहेका छन्।
यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र शक्ति बस्नेत लगायत केन्द्रीय नेताहरु सहभागी छन्।
प्रशिक्षणका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट नेता, कार्यकर्ता राजधानी वीरेन्द्रनगर आएका छन्।
यसअघि बुधबार र बिहीबार जिल्ला समन्वय समितिको सुर्खेतको सभाहलमा शक्ति बस्नेत र जनार्दन शर्माले नेता-कार्यकर्तालाई आगामी चुनावी रणनीतिबारे प्रशिक्षण दिएका थिए।
यस्तै, शुक्रबार हुने प्रशिक्षणमा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटबारे पनि छलफल हुने बताइएको छ।
माओवादीले कर्णालीमा पहिलो पार्टी बन्न आउने चुनौतीबारे गम्भीर छलफल गर्ने भएको छ। माओवादीले कर्णालीमा माओवादीकै बहुमतको सरकार बनाउने योजनामा पनि जोड दिएको छ।

Shares

प्रतिक्रिया