ad ad

राजनीति


ओलीको दाबी : एमालेलाई बहुमत ल्याउन १६ प्रतिशत पुग्दैन

ओलीको दाबी : एमालेलाई बहुमत ल्याउन १६ प्रतिशत पुग्दैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर : सराेज बैजु


नेपालखबर
भदौ १०, २०७९ शुक्रबार १४:६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउन १६ प्रतिशत मत नपुगेको बताएका छन्। 

शुक्रबारदेखि पार्टी कार्यालय च्यासलमा सुरु केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले उक्त कुरा उल्लेख छ।

'एमाले विभिन्न षडयन्त्र, गठबन्धनको सामना गर्न तयार छ, यस चुनावमा हामीलाई धेरैतिर जित निकल्न समस्या छैन', उनले भनेका छन्, 'बहुमतका लागि १६ प्रतिशत मत मात्र अपुग छ।’

ओलीको प्रतिवेदन उद्धृत गर्दै एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘जितका लागि विभिन्न पार्टीबाट प्रवेश गराउनुपर्छ। एमाले अगाडि रहेको ठाउँमा जीत कायम राख्न पार्टी प्रवेशको ठोस र मूर्त योजना बनाउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .