पाल्पाको तानसेन नगरपालिकाका पूर्वमेयर, उपमेयर, कार्यपालिका सदस्यसहित नेता-कार्यकर्ता नेकपा एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
एमाले छाडेर समाजवादीमा प्रवेश गर्नेहरूमा तानसेनका पूर्वमेयर अशोककुमार शाही र पूर्व उपमेयर लक्ष्मीदेवी पाठक छन्।
त्यस्तै स्थानीय नेताहरू भीमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, विनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्ध सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, विनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक र उमेश घिमिरे पनि एमाले छाडेर समाजवादीमा प्रवेश गरेका छन्।
एमालेमा केपी शर्मा ओलीको व्यक्तिवादी प्रवृत्ति मौलाउँदै गएर बस्ने वातावरण नभएको भन्दै उनीहरु समाजवादीमा प्रवेश गरेका हुन्।
एमालेमा दोहोरो मापदण्ड अपनाएकाले पुराना इमान्दार र योग्य कार्यकर्ता पार्टीको मूलधारबाट पाखा लाग्दै जाने बाध्यता अझै रहेको गुनासो पनि उनीहरुले गरेका छन्।
Shares
प्रतिक्रिया