ad ad

राजनीति


नागरिकता विधेयकबारे कार्यव्यवस्थामा जुटेन सहमति, सर्वदलीय बैठक बोलाउन एमालेको माग

नागरिकता विधेयकबारे कार्यव्यवस्थामा जुटेन सहमति, सर्वदलीय बैठक बोलाउन एमालेको माग

नेपालखबर
भदौ २, २०७९ बिहिबार ११:५३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नागरिकता विधेयक रोकेर संर्वदलीय बैठक बोलाउन माग गरेको छ। प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नागरिकता विधेयक रोकर सर्वदलीय बैठक बोलाउन माग गरिएको एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए। 

‘हामीले संसदीय प्रक्रिया पूरा गर्नपर्छ भनेका छौं, कम्तिमा नागरिकता विधेयक रोकेर सर्वदलीय बैठक रोकौं भनेर भनेका छौं,’ तामाङले नेपालखबरसँग भने, ‘जुन प्रक्रियाबाट नागरिकता विधेयक पारित गर्न लागिएको छ यो संसद संचालन नियमावली विपरित छ भनेका छौं।’

तर, सत्तापक्षका सांसदहरुले भने अहिले नै पारित गरेर अघि बढ्ने बताएको उनले जानकारी दिए। 

सर्वदलीय बैठक बोलाएर छलफल गर्दापनि सहमति नजुटेको अवस्थामा समितिमा पठाएर छलफल हुनपर्ने एमालेको माग छ।

सिधै हलबाट पारित गर्न नहुने एमालेका माग छ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले गत साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए।

राष्ट्रपति भण्डारीले साउन २९ गते आइतबार संसद्मै फिर्ता गरिदिएकी थिइन्।

प्रमुख प्रतिपक्षी एमालेले विधेयकको विरोध गरिरहँदा राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी फर्काइदिएपछि सत्तारूढ गठबन्धनका नेताले राष्ट्रपतिले आफू पहिले आबद्ध रहेको एमालेको पक्षमा काम गरेको भन्दै विरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .