राजनीति


भागबण्डा मिलाउन बालुवाटारमा दुई घण्टादेखि सत्ता कार्यदलको बैठक

भागबण्डा मिलाउन बालुवाटारमा दुई घण्टादेखि सत्ता कार्यदलको बैठक

नेपालखबर
साउन ३०, २०७९ सोमबार १८:१९, काठमाडौँ

आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि भागबण्डा मिलाउन गठित सत्तारुढ कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवासमा दुई घण्टादेखि जारी बैठकले ८१ वटा संघीय निर्वाचन क्षेत्रको भागबण्डबारे छलफल गर्दैछ।

सत्ता गठबन्धनले अन्य ८४ वटा क्षेत्रको भाग करिब मिलाइसकेको छ। ती ८४ वटामा सत्ता गठबन्धनले  जसले जितेको उसले नै लिने गरी करिब सहमति गरेका छन्।

यसअघि गत बिहीबार बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको मापदण्डबारे छलफल गरेको थियो। यद्यपि बैठक निष्कर्षमा नपुगेको नेताहरुले बताएका थिए। 

यो बैठकमा पनि यसअघि उठेका विषयलाई लिएर बाँडफाँटका विषयमा छलफल हुने छ। यद्यपि सहमति भएर निष्कर्षमै पुग्न समय लाग्ने नेताहरुले बताएका छन्। 

यसअघि बसेको बैठकपछि नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले भागवण्डाको मोडालिटीबारे सहमतिनजिक पुगेको बताएका थिए। 

गत साउन २४ गते बसेको पहिलो बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कार्यदल संयोजक तोकेको थियो। 

कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .