राजनीति


सत्तारुढ कार्यदलको दोस्रो बैठक, सिट बाँडफाँटको मोडालिटीबारे सहमतिनजिक

सत्तारुढ कार्यदलको दोस्रो बैठक, सिट बाँडफाँटको मोडालिटीबारे सहमतिनजिक

बालुवाटार बैठकपछि बोल्दै माओवादी नेता देव गुरुङ। तस्बिर : नेपालखबर


नेपालखबर
साउन २६, २०७९ बिहिबार १७:२०, काठमाडौँ

सत्तारुढ गठबन्धनको सिट संख्या बाँडफाँटका लागि गठित कार्यदलको दोस्रो बैठक सकिएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक साउन ३० गते फेरि बस्ने गरी टुंगिएको हो। 

बैठकपछि कार्यदल सदस्य नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले भागवण्डाको मोडालिटीबारे सहमतिनजिक पुगेको प्रतिक्रिया दिएका छन्। 

उनले साउन ३० गते फेरि बैठक बसेर थप छलफल गरिने पनि बताए। 

साउन २४ गते बसेको पहिलो बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कार्यदल संयोजक तोकेको थियो। 

कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .