ad ad

राजनीति


प्रहरीको गोलीबाट विद्यार्थी घाइते भएपछि कोहलपुरमा थप तनाव

 प्रहरीको गोलीबाट विद्यार्थी घाइते भएपछि कोहलपुरमा थप तनाव

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ८:१,

आइतबार बिहान ट्रकको ठक्करबाट एक बालिका घाइते भएपछि बाँकेको कोहलपुर क्षेत्र तनावग्रस्त बनेको छ।

आइतबार बिहान बाँकेको कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा ट्रकको ठक्करबाट एक बालिका घाइते भएपछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको हो।

कोहलपुर वडा नं १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो। ठक्करबाट उनका दुबै खुट्टा पिल्सिएका छन्।

बालिकालाई ठक्कर दिने ट्रकमा सोही विद्यालयका विद्यार्थी र स्थानीयले आगजनी गरेका छन्।

बालिकालाई ठक्कर दिएपछि ट्रकका चालक भागेर इलका प्रहरी कार्यालय कोहलपुरमा पुगेका थिए। प्रहरीले ट्रकका चालकलाई जोगाउन खोजेको भन्दै स्थानीय र विद्यार्थीले प्रहरी चौकी घेराउ गर्नुका साथै दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन्। उनीहरुले बजार बन्द गराउनुका साथै सवार आवागमनदलाई ठप्प पारेका छन्।

स्थानीयवासीले प्रहरी चौकी घेराउ गर्नुका साथै प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले थुप्रै शेल अश्रु ग्यास प्रहार गर्नुका साथै हवाइ फायरसमेत गरेको छ।

यसैबीच प्रहरीले चलाएको गोली लागेर त्रिभुवन माविमा कक्षामा ९ का विद्यार्थी सुशील थापा गम्भीर घाइते भएका छन्।

थापाको अहिले नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ प्रत्यक्षदर्शीले जनाएका छन्।

यस्तै सोही घटनामा अन्य दुई जनालाई गोली लागेको प्रत्यक्षदर्शी बिमल पौडेलले नेपालखबरलाई जानकारी दिए। गोली लाग्ने व्यक्तिको भने अहिलेसम्म पहिचान नखुलेको र उनीहरुलाई उपचारका लागि अस्पताल पाठइएको पौडेलले बताए।

(यसअघि यस समाचारमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भन्ने हुन गएकोमा हामी क्षेमा पाचना गर्दछाैँ। बालिकाको मृत्यु नभई गम्भीर घाइते भएको ब्यहोरा जानकारी गराउँदै समचार सच्याएका छौँँ–सम्पादक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .