ad ad

राजनीति


आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई हिसाब देखाइदिन्छौँ : महेश बस्नेत

आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई हिसाब देखाइदिन्छौँ : महेश बस्नेत

नेपालखबर
साउन १४, २०७९ शनिबार १६:५९, काठमाडौँ

नेकपा (एमाले) का महेश बस्नेतले देशमा बढेको महँगी र भ्रष्टाचारको विरोधमा साउन १६ गते वसन्तपुरमा शक्ति प्रदर्शन गर्ने बताएका छन्। 

राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई शनिबार कोटेश्वरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले युवा संघको बैठकमा जिल्ला जिल्लाबाट काठमाडौं आएकाहरुलाई वर्तमान सरकारलाई धक्का हानेर मात्रै जिल्ला जान आग्रह गरेका छन्। 

बस्नेतले सत्ता गठबन्धनलाई आगामी निर्वाचनमा हिसाबकिताब देखाइदिने चेतावनी दिए। 

उनले युवा संघका नेता कार्यकर्तालाई संगठन निर्माणमा सक्रियताका साथ लाग्न पनि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .