ad ad

राजनीति


हृदयेन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहन्छन् रवीन्द्र मिश्र

हृदयेन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहन्छन् रवीन्द्र मिश्र

नेपालखबर
साउन १४, २०७९ शनिबार १३:८, काठमाडौँ

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रलाई एकदिन राजाका रुपमा देख्न चाहेको बताएका छन्। 

शनिबार सामाजिक सञ्जालमार्फत हृदयेन्द्रलाई २१औं जन्मदिनको शुभकाना दिँदै मिश्रले उनलाई राजा भएको देख्ने इच्छा व्यक्त गरेका हुन्। 

हृदयेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै मिश्रले फेसबुकमा लेखेका छन्, ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु।’

२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले आफूलाई बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णत: आर्थिक परनिरभरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ फस्छ भन्ने निष्कर्षमा पुर्याएकाे उल्लेख गरेका छन्। 

उनले अगाडि भनेका छन्, ‘त्यसैले संकटका बेला मात्र सदुपयो गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ।’

‘विचारभन्दा माथि देश’ दस्तावेज लेखेयता मिश्रले राजसंस्था पुनःस्थापनाका पक्षमा वकालत गरिरहेका छन्। 

हेर्नुहाेस् मिश्रकाे स्टाटस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .