राजनीति


उपप्रधानमन्त्री पोखरेलले गरे दक्षिण एसियाकै पहिलो स्काई वाल्क टावरको शिलान्यास

उपप्रधानमन्त्री पोखरेलले गरे दक्षिण एसियाकै पहिलो स्काई वाल्क टावरको शिलान्यास

नेपालखबर
मंसिर २१, २०७६ शनिबार १०:२९,

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण हुने बताएका छन्।

काठमाडौंको कमलादीमा वन्डर्स नेपालले बनाउन लागेको स्काई वाल्क टावरको शिलन्यास गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले नयाँ सपनासहितका यस्ता योजनाले पर्यटन क्षेत्रमा महत्वपूर्ण अर्थ राख्ने बताए। उनले दक्षिण एसिया कै पहलो टावर भएकाले पनि पर्यटन विकासमा कोशेढुंगा बन्ने विश्वास समेत व्यक्त गरे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश कुमार भट्टराईले नेपालको आर्थिक उन्नतिको प्रमुख जग पर्यटन क्षेत्र भएको उल्लेख गर्दै काठमाडौंको केन्द्रमा बन्न लागेको स्काईवाल्क टावरले पर्यटन विकासमा महत्वपूर्ण हुने बताए। उनले यस्तो संरचना निर्माण हुँदा पर्यटकको बसाई लम्बिने विश्वास समेत व्यक्त गरे।

कार्यक्रममा वन्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले देशभरका विज्ञ इन्जिनियर तथा डिजाइनरहरुबाट अध्ययन गराई यो टावरको निर्माण गर्न लागिएको बताए। यसको मूख्य उद्देश्य पर्यटकहरुलाई आकर्षित गरी समृद्ध नेपालको सपना पुरा गर्न सहयोग गर्नु रहेको बताए।

पर्यटन पवद्र्धन गर्ने उद्देश्य सहति निर्माण गर्न लागिएको यो टावरको निर्माण अवको १८ महिनामा सम्पन्न हुने वन्डर्स नेपालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad