राजनीति


राजदूत शर्माले भारतीय विदेश सचिव क्वात्रासँग भेटवार्ता गरे

राजदूत शर्माले भारतीय विदेश सचिव क्वात्रासँग भेटवार्ता गरे

नेपालखबर
साउन १३, २०७९ शुक्रबार १३:३९, काठमाडौँ

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले शुक्रबार भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन्।

नयाँ दिल्लीस्थित नेपाली राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच द्विपक्षीय हितका विषयमा छलफल भएको छ। 

चार महिनाअघि राजदूत भएर दिल्ली गएका शर्माको पहिलोपटक भारतीय विदेश सचिवसँग औपचारिक भेट भएको हो। यसअघि शर्माको अन्य केही अवसरमा चाहिँ विदेश सचिव क्वात्रासँग भेट भएको थियो।

भारतीय विदेश सचिवसँग निकै राम्रो वार्ता भएको राजदूत शर्माले ट्विट गरी जानकारी गराएका छन्।

‘द्विपक्षीय सहकार्यका बृहत् क्षेत्रबारे भेटमा समीक्षा भयो। दुवै पक्षले नेपाल भारत सम्बन्धका सबै क्षेत्रमा जारी सहकार्यलाई अझ बलियाे बनाउने विषयमा निकट रहेर काम गर्ने सहमति पनि भयो’, शर्माले लेखेका छन्।

भारतीय विदेश सचिव क्वात्रा नेपालका लागि निवर्तमान राजदूत हुन्। उनको स्थानमा नवीन श्रीवास्तव नेपाल आइसकेका छन्। 

विदेशमन्त्रीसँग भेट बाँकी नै
राजदूत शर्माको भारतीय विदेशमन्त्री एस जयशंकरसँग अझै औपचारिक भेट हुन सकेको छैन। चार महिनासम्म भारतीय विदेश सचिवले छिमेकी मुलुक नेपालका राजदूत शर्मालाई भेट नदिएको विषयमा कूटनीतिक वृत्तमा चासो व्यक्त भएको छ।

भारतका राजदूत श्रीवास्तवले जुलाई १ मा ओहाेदाको प्रमाणपत्र बुझाएको भोलिपल्टदेखि नै काठमाडौँमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन्।

तर उता नेपालका लागि भारतस्थित राजदूत शर्माले चार महिनापछि बल्ल भारतीय विदेश सचिवको तहमा भेट गर्ने अवसर पाएका छन्। उनले कहिले भारतीय विदेश मन्त्रीसँग भेट्छन्, अझै टुंगो छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad