ad ad

राजनीति


वडाको मतका आधारमा कांग्रेस पहिलो, एमाले दोस्रो दल

वडाको मतका आधारमा कांग्रेस पहिलो, एमाले दोस्रो दल

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०७९ मंगलबार १८:१३, काठमाडौँ

निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अन्तिम आर्थिक तथा मतपरिणाम विवरण सार्वजनिक गरेको छ।

आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर उक्त मत विवरण सार्वजनिक गरेको हो। आयोगका अनुसार वडाअध्यक्षको मत विवरण अनुसार यो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल भएको छ। 

कांग्रेसले २६ सय ४३ पुरुष र २५ महिलासहित २६ सय ६८ वडाअध्यक्ष जितेको त्यसक्रममा कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए। 

उनका अनुसार वडाको मत हिसाब गर्दा कांग्रेसले ३४.२८ प्रतिशत मत ल्याउँदै पहिलो दल बनेको छ। कांग्रेसले एमालेभन्दा १ लाख ४४ हजार ५९१ बढी मत ल्याएको छ। 

त्यसैगरी नेकपा एमालेले २१ सय १५ पुरुष र २२ महिला वडाअध्यक्षमा जित निकालेको छ। एमालेले जम्मा २१ सय ३७ वडाअध्यक्ष जितेको छ।

आयोगका अनुसार एमालेले वडाअध्यक्ष पदमा ३८ लाख ११ हजार ६०२  मत ल्याएको छ। यसअनुसार  एमालेको भागमा ३३.०३ प्रतिशत मत परेको छ। यसले एमालेले यसअघि पहिलो दलको हैसियतबाट दोस्रोमा झारिदिएको छ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले १५ लाख ३ हजार २४७ मत ल्याएको छ। जसअनुसार माओवादीले १३.०३ मत ल्याउन सकेको छ।

उता जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८० मत ल्याउँदै चौथो दल बनेको छ। उसको मत प्रतिशत ५ रहेको छ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ४ लाख २२ हजार ७३७ ल्याएको छ। उसले ३.६६ प्रतिशत मात्रै मत तान्न सकेको छ।

उता राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ६४ हजार १६० मत ल्याएको छ। उसको मत प्रतिशत ३.१६ रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .