ad ad

राजनीति


गृहमन्त्रीको प्रष्टोक्ति- गैरआवासीय नेपालीलाई राजनीतिक र प्रशासनिक अधिकार छैन

६ लाखलाई नागरिकता दिन विधेयक ल्याएको जिकिर
गृहमन्त्रीको प्रष्टोक्ति- गैरआवासीय नेपालीलाई राजनीतिक र प्रशासनिक अधिकार छैन

राष्ट्रियसभामा बोल्दै गृहमन्त्री बालकृष्ण खाँण। तस्बिर : रासस


रासस
साउन ९, २०७९ सोमबार १३:५३, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले नागरिकताको विषयमा सरकारले राष्ट्रिय सहमति बनाएरै अघि बढने बताएका छन्। 

राष्ट्रियसभाको सोमबारको बैठकमा उनले नागरिकतासम्बन्धी विधेयक ढिलाइ हुँदा साढे ६ लाख नेपाली नागरिकताविहीन भएको हुँदा छिटो सहमति जुटाएर विधेयक अघि बढाउनुपर्ने बताए।

'नयाँ विधेयकमा संविधानको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक प्रयोग गर्न पाउने गरी नागरिकता दिने प्रावधान थप्ने काम गरियो', गृहमन्त्री खाणले भने, 'गैरआवासीय नेपालीलाई राजनीतिक र प्रशासनिक अधिकार दिइएको छैन, यो विषय पनि सबै राजनीतिक दलको सहमतिले नै राखिएको हो।'

उनले सबै नेपाली नागरिक समान भएकाले नागरिकता पाउनुपर्ने तर्क गर्दै संविधानमा भएको व्यवस्थाअनुसार नै उक्त विधेयक संसदमा ल्याइएको बताए। 

वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा राज्य व्यवस्था समितिमा हुन नसकेको उल्लेख गर्दै उनले नागरिकता नपाउँदा पढ्न, उद्योगधन्दा सञ्चालन गर्न, व्यवसाय दर्ता गरेर सञ्चालन गर्न समस्या भएको पनि सुनाए।

उक्त विधेयकका विषयमा बोल्ने सांसदहरुले नागरिकता जस्तो विषयमा राष्ट्रिय सहमति जुटाएर अगाडि बढाउनुपर्ने तर्क गरे।

बिहे गर्ने बित्तिकै तत्काल नागरिकता दिने व्यवस्थालाई संशोधन गर्नुपर्ने सुझाव उनीहरुले दिएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .