राष्ट्रिय सभाको सोमबार बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
यससँगै अब नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि संशोधन राख्न चाहने सांसदहरुलाई अवसर दिइएको छ।
राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभाअन्तर्गतको विधेयक शाखामा सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराउन सक्ने छन्।
यो बैठकमा सांसदहरुले नागरिकता विधेयकको पक्ष र वियक्षमा आफ्ना भनाइ राखेका थिए।
राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन १२ गते बिहीबार बिहान ११ बजे बस्नेछ।
399
Shares
प्रतिक्रिया