राजनीति


कमल थापाले राजभण्डारीलाई उपाध्यक्ष र बस्नेतलाई सह-महामन्त्री बनाए

कमल थापाले राजभण्डारीलाई उपाध्यक्ष र बस्नेतलाई सह-महामन्त्री बनाए

नेपालखबर
साउन ७, २०७९ शनिबार १०:५१, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको उपाध्यक्षमा दिलविकास राजभण्डारी र सहमहामन्त्री पदमा दमन बस्नेतलाई मनोनयन गरेका छन्।

आफ्नो विधानबमोजिम पार्टीको उनीहरूलाई उपाध्यक्ष र महामन्त्री बनाइएको राप्रपा नेपालले जनाएको छ। 

अध्यक्ष थापाले दुवै नेतालाई शनिबार जिम्मेवारीपत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति बनाउने गरी लाग्न आग्रह गरे। राजभण्डारी र बस्नेत केही दिनअघि राप्रपा छाडेर राप्रपा नेपालमा प्रवेश गरेका थिए। 

आगामी दिनमा आवश्यकताअनुसार अन्य नेतालाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad