राजनीति


राप्रपा केन्द्रीय कार्यसमिति बैठक धुम्बाराहीमा सुरु

राप्रपा केन्द्रीय कार्यसमिति बैठक धुम्बाराहीमा सुरु

नेपालखबर
साउन ५, २०७९ बिहिबार १४:२८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा काठमाडौंमा सुरु भएको बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरा, उपाध्यक्षहरु, महामन्त्रीहरु, पार्टीका पदाधिकारीहरु, केन्द्रीय कार्यसमितिका सदस्यहरुक सहभागी छन्।

धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा सुरू बैठकमा अध्यक्ष लिङ्देनले ‘समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा’ विषयमा राजनीतिक प्रतिवेदन पेश गर्ने पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

केन्द्रीय कार्यसमितिको बैठक शुरु हुनुअघि अध्यक्ष लिङ्देनले पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुलाई सपथ गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .