ad ad

राजनीति


ओली भन्छन् : आगामी मंसिरमा चुनाव हुनुपर्छ, तलमाथि गर्न दिनु हुँदैन

ओली भन्छन् : आगामी मंसिरमा चुनाव हुनुपर्छ, तलमाथि गर्न दिनु हुँदैन

एमाले बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
साउन ४, २०७९ बुधबार १२:२८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिरमा हुनैपर्ने बताएका छन्। 

सत्ता गठबन्धनले आगामी फागुनतिर पनि गर्न सकिने गरी छलफल अघि बढाएका बेला ओलीले दुवै तहको निर्वाचन मंसिरमै हुनुपर्ने अडान राखेका हुन्। 

'आगामी मंसिरमा चुनाव गराउनुपर्छ। यसलाई तलमाथि हुन दिनु हुँदैन', एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले भने, 'यसबीचमा दैनिक भ्रष्टाचारका घटना बढिरहेका छन्। यीविरुद्ध एमालेपंक्तिले लड्नुपर्छ।'

उनले सरकार दमनकारी ढंगले ओर्लिएको बताउँदै त्यसको प्रतिकार गर्न पनि एमाले कार्यकर्तालाई निर्देशन दिएका हुन्। 

ओलीले मंसिरको चुनावपछि एमालेको सरकार बन्नुपर्ने पनि बताए। 'राष्ट्रिय हितका लागि एमालेको सरकार गठन हुनुपर्छ। आगामी निर्वाचनबाट एमालेको सरकार आउँछ', उनले भने, 'हाम्रो आफ्नै कारणले गत स्थानीय निर्वाचनमा सोचे जस्तो परिणाम आएन। कति इमानका साथ हामीले काम गर्यौँ र सोच्यौँ व्यवहार गर्यौँ, एक पटक सबैले सोच्नुहोला।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .