ad ad

राजनीति


प्रचण्ड भन्छन् : मोदीजीसँग १ बजेसम्म भेट्ने कुरा थियो, दुई कारणले हुन सकेन

प्रचण्ड भन्छन् : मोदीजीसँग १ बजेसम्म भेट्ने कुरा थियो, दुई कारणले हुन सकेन

नेपालखबर
साउन १, २०७९ आइतबार १९:११, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार दिउँसो १ बजेसम्म पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको बताएका छन्।

आइतवार अपरान्ह त्रिभुवन विमानस्थलमा उत्रिएपछि प्रचण्डले दिउँसो १ बजेसम्म भेट्ने तयारी हुँदा हुँदै अचानक रद्द हुन पुगेको बताएका छन्। 

'दिउँसो १ बजे पनि भेट हुन्छ भनिएको थियो। तर अहिले सम्भव भएन भन्ने आयो', उनले भने, 'किन हो भन्ने म पनि तपाईँहरू जस्तै हो।' 

प्रचण्डले भारतमा केही दिनयता आएको विनाशकारी बाढीका कारण पनि मोदीसँग भेट हुन नसकेको बताए। 

'हिजो बाढीले भारतमा धेरै ठूलो क्षति गरेको सुनेका छौँ। मोदीजी त्यसतिर केन्द्रित भएकाले पनि भेटको अवसर नमिलेको हुन सक्छ', उनले भने, 'अब म त भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा गएको हो। सबै कुरा उहाँसँगै भइसकेकै थियो। यस्तो मोदीजीसँग फोटो खिचाउन मात्रै भेट्नुको पनि अर्थ थिएन। तर मलाई केही टेन्सन भएको छैन।'

उनले आफूले लिएर गएका एजेन्डा अनुसार भन्नुपर्ने र गर्नुपर्ने पर्याप्त कुरा भएको बताए। 'अब मोदीजीसँग भेट्दा त ठीकै हुन्थ्यो। भेटेर फोटो खिच्नुपर्ने गर्नु एउटा कुरा हो', उनले भने, 'तर भारतीय विदेश सचिव, विदेशमन्त्री, भाजपा अध्यक्ष र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भएका कुराले सकारात्मक परिणाम ल्याउँछ।'

दाहालले नेपालले भोगिरहेको समस्या समाधान गर्न भारतलाई अब सहज हुने पनि तर्क गरे। 'डुबान, सीमा समस्या, इपिजी प्रतिवेदनमा सकारात्मक परिणाम आउला भन्ने अपेक्षा गरेको छु', उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .