नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यदी एमालेले चाहेको खण्डमा यसअघि नै अहिलेको सत्तारुढ गठबन्धन टुटिसक्ने दाबी गरेका छन्।
राजधानीमा आयोजित सम्पादकहरुसँगको अन्तक्रियामा बोल्दै ओलीले यस्तो बताएका हुन्।
‘त्यसकारण यो साँचो डिभोर्स गर्नका लागि नक्कली बिहे गर्न एमालेले हतार गर्दैन’ ओलीले भने।
अहिलेको सरकारबाट गठबन्धन कति फलदायी हुने रैछ भन्ने बुझ्न सकिने ओलीले भने। उनले सरकारमा पुग्नुमात्र आफूहरुको उदेश्य नभएको बताए।
‘यदी गठबन्धन जस्तो पनि जसरी बनाए हुन्छ भनेर एमाले ठान्थ्यो भने यो गठबन्धन उहिले नै टुटिसक्थ्यो र अर्को बनिसक्थ्यो,’ ओलीले सम्पादकहरुको प्रश्नको जवाफ दिँदै भने, ‘नेकपा एमालेका लागि गठबन्धनको हेराफेरि, सरकारको हेराफेरि आफ्नो भूमिकाको होइन्। देशमा जुन कुशासन छ त्यसको ठाउँमा सुशासन ल्याउन सकिन्छ कि सकिँदैन भन्ने हो।’
सरकार परिवर्तन मात्र भन्दापनि परिस्थितिमा परिवर्तन ल्याउने कुरा मुख्य भएको ओलीले बताए।
‘गठबन्धनका लागि गठबन्धन अथवा संख्यात्मक परिवर्तन ल्याउन सकिन्छ र सरकार परिवर्तन ल्याउन सकिन्छ भन्ने होइन, परिस्थितिमा परिवर्तन ल्याउने मुख्य कुरा हो’ ओलीले भने।
Shares
प्रतिक्रिया