राजनीति


अमरसिंह पुन भन्छन् : केन्द्रले हस्तक्षेप गरिरहने भए प्रदेश खारेज गरिदिए हुन्छ

अमरसिंह पुन भन्छन् : केन्द्रले हस्तक्षेप गरिरहने भए प्रदेश खारेज गरिदिए हुन्छ

फाइल फोटो


नेपालखबर
असार २७, २०७९ सोमबार १६:५२, काठमाडौँ

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले अरुलाई संविधानविपरीत हिँड्यो भन्ने कांग्रेस नै विधानविपरीत अघि बढेको बताएका छन्। 

पार्टीको सोमबारदेखि सुरु केन्द्रीय कार्य समिति बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

'अरुलाई खबरदारी गर्ने कांग्रेस नै विधान र संविधानसम्मत चलेन', उनले भने, 'विधि र विधानसम्म पार्टी चल्नुपर्छ। तर हाम्रो नेतृत्वले त्यस्तो लक्षण देखाएन।'

उनले प्रदेश कार्यसमितिहरूलाई अधिकार दिइए पनि कार्यान्वयन नभएको बताएका छन्। 

'प्रदेश कार्यसमिति त बन्यो। तर टिकट बाँड्ने कुरा तल दिएर टिकटमा हस्ताक्षर गर्दा केन्द्रले हस्तक्षेप गर्‍यो', उनले भने, 'तल अधिकार दिए जस्तो गरेर माथिबाट टिकट जान्छ भनियो। यदि प्रदेशमाथि यसैगरी हस्तक्षेप गरिरहने हो भने खारेज गरिदिनु।'

उनले प्रदेश कार्यसमितिलाई दिने भनिएको लेबी अहिलेसम्म नपाएको गुनासो गरे। 

'प्रदेश कार्यसमिति चल्नै नसक्ने अवस्था छ। संघ र प्रदेशले संस्थागत रुपमा राजनीतिक नियुक्ति गरुन्', उनले भने, 'स्थानीय तहको चुनावबारे समीक्षा राख्न सकिएन। तर प्रदेशलाई यसैगरी कमजोर बनाइराख्ने हो भने यसको औचित्य छैन भन्ने हो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad