ad ad

राजनीति


यमबुद्धका आमाबुबासँग मेयर बालेन्द्रको भेट

यमबुद्धका आमाबुबासँग मेयर बालेन्द्रको भेट

नेपालखबर
असार २५, २०७९ शनिबार १५:३१, काठमाडौँ

लण्डनमा आत्महत्या गरेका  र्यापर अनिल अधिकारी (यमबुद्ध)का अभिभावकसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भेट गरेका छन्।

शनिबार मेयर बालेन्द्रले  भैसेपाटीस्थित निवासमै पुगेर​ यमबुद्धका बुबा आमासँग भेट गरेका हुन्।

काठमाडौं महानगरले आगामी आर्थिक वर्षको बजेटबाट यमबुद्धको सालिक बनाउनका लागि १५ लाख रुपैंया बजेट छुट्याएको  छुट्याएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विरोध भएको थियो। 

विरोधपछि शनिबार बालेन्द्रले यमबुद्धका अभिभावसँग भेट गरेका हुन्।

अभिभावकसँगको भेटमा बालेन्द्रले आफ्नै तलवबाट भए पनि यमबुद्धको सालिक बनाउने बताएका छन्। 

महानगरको बजेटमा बालेन्द्रले आफू निकटकाको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो।

 र्याप गीत गाउँदा ‘यमबुद्ध’ भनेर चिनिने अनिल अधिकारीले ०७३ सालमा आत्महत्या गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .