नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन अखिल क्रान्तिकारीको विवाद समाधानका लागि हस्तक्षेप गर्ने भएको छ।
सुरुमा पूर्व अध्यक्षहरुबाट विवादको विषयमा छानविन गर्ने, नभए कठोर कदम चालेर भए पनि समाधान गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए।
यसै विषयले माओवादी केन्द्रको चार दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा पनि प्रवेश पाएको थियो।
‘अखिल क्रान्तिकारीभित्र विवाद, विमति र झमेला देखिएको छ,’ अध्यक्ष प्रचण्डले बैठकमा भने, ‘एकचोटी अनुभव भएका विद्यार्थीकै पूर्व अध्यक्ष साथीहरुबीचबाट विवादका विषयमा केही समय दिएर अध्ययन गर्न लगाउनुपर्यो।’
‘कठोर कदम चालेर भए पनि विद्यार्थीको विवाद समाधान गर्नैपर्ने भएको भएको छ,’ प्रचण्डले थपे।
क्रान्तिकारीभित्रको विवादको कारण पवन कार्कीले समानान्तर कमिटि बनाएका छन्।
गएको असोज दोस्रो हप्ता राष्ट्रिय सम्मेलन गरेको क्रान्तिकारीले विवादकै कारण त्यसबेला अध्यक्षमा पञ्चा सिंहलाई चयन गरेर सकाएको थियो।
वैशाख ५ गते महासचिव सहित पदाधिकारी चयन गरेपछि विवाद थप चुलिएको हो।
असारमा बसेको तेस्रो बैठकमा अध्यक्ष लगायतलाई बर्खास्त गरेर विशेष अधिवेशन बोलाउन माग गरेपछि
बैठकले पवन सिंह कार्की लगायतका १० नेतालाई कारवाही गरेको थियो। त्यही कारवाही गरेको समूहले क्रान्तिकारीको समानान्तर समिति बनाएको हो।
पवन कार्की समूहले १८ असारमा १ सय ९७ सदस्यीय समानान्तर कमिटी घोषणा गरेका थिए।
Shares
प्रतिक्रिया