NepalKhabar NepalKhabar

राजनीति


राप्रपा बिग्रिएको भन्दै खेलकुद विभाग प्रमुख बस्नेतले साधारण सदस्य नै त्यागे

राप्रपा बिग्रिएको भन्दै खेलकुद विभाग प्रमुख बस्नेतले साधारण सदस्य नै त्यागे

नेपालखबर
असार १५ , काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको खेलकुद विभाग प्रमुख दमन बस्नेतले राजीनामा दिएका छन्। 

उनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई बुधबार राजीनामा पत्र लेख्दै पार्टीको साधारण सदस्यसमेत नरहने जनाएका छन्। 

उनले पछिल्लो समय पार्टीमा सैद्धान्तिक र वैचारिक विचलन आएको, गुटगत राजनीति बढेको र जडसूत्रवादी चिन्तन देखिन थालेको भन्दै त्यसबाट आफू निराश भएको बताएका छन्। 

'म पद, स्वार्थ, अवसर र कुनै महत्वाकांक्षा पूर्तिका लागि पार्टीमा आवद्ध भएको होइन। अनुशासन, कर्म, इमानदारिता र निष्‍ठामा विश्वास गर्दछु', उनले भनेका छन्, 'पछिल्लो समय राप्रपामा आएको सैद्धान्तिक, वैचारिक विचलन, गुटगत राजनीति, साँघुरो सोच, अनि संकीर्णता र जडसूत्रवादी चिन्तनबाट निराश भएँ। पार्टीलाई एउटा गन्तव्यमा पुर्‍याउने चाहना र सपनामाथि यी पक्षहरुले निकै ठूलो अवरोध पुग्ने मेरो निष्कर्ष हो।'

बस्नेतले  महाधिवेशनपछि जुन उत्साहका साथ सही बाटोबाट सबै पक्षलाई समेटेर पार्टी अघि बढ्नुपर्नेमा पार्टी दिनप्रतिदिन उन्माद, अहंकार र आलोकाँचोपनको सिकार हुँदै गएको बताएका छन्। 

'यो ओरालो र अन्धकारमय कहीँ नपुगिने यात्राको निरीह साक्षीको रुपमा बसिरहन मेरो आत्माले मानेन', उनले भनेका छन्, 'आजकै मितिदेखि लागु हुने गरि खेलकुद विभाग प्रमुखसहित राप्रपाको साधारण सदस्य पदबाट राजीनामा गरेको छु।'

असार १५, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.