ad ad

राजनीति


महान्यायाधिवक्ताको तर्क : विश्वराज आईजीपीका प्रतिस्पर्धी हुन्, उपयुक्त पात्र होइनन्

महान्यायाधिवक्ताको तर्क : विश्वराज आईजीपीका प्रतिस्पर्धी हुन्, उपयुक्त पात्र होइनन्

नेपालखबर
असार १३, २०७९ सोमबार १३:२९, काठमाडौँ

महान्यायाधिवक्ता खम्म खातीले नेपाल प्रहरीको महानिरीक्षक पदका लागि धीरजप्रताप सिंह नै उपयुक्त पात्र भएको बताएका छन्। 

गठबन्धन सरकारले गरेको प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिटमाथि प्रतिवादीका तर्फबाट सोमबार सर्वोच्च अदालतमा बहसमा सहभागी हुँदै खातीले यस्तो बताएका हुन्। 

'आईजीपीका लागि उपयुक्त धीरजप्रताप सिंह नै हुन्', उनले भने, 'विश्वराज पोखरेल पनि प्रतिस्पर्धी त हुन् तर प्रहरीको नेतृत्व दिने उपयुक्त होइनन्।'

उनले आईजीपीका लागि उपयुक्त हुन सरकारले काम कर्तव्य तोकेको पनि स्मरण गराए।  

'उपयुक्त हुनका लागि काम कर्तव्य तोकिएको छ। त्यस आधारमा सरकारले निर्णय गरेको हो', उनले भने, 'सबै विषय यहाँ छरपस्ट नपारौँ।'

खातीले डीआईजी र एआईजीबाट आईजीपी बनाउँदा फरक फरक व्यवस्था रहेको पनि बताएका छन्। 

'आईजीपी बनाउने कुरा सरकारको विशेषाधिकार हो', उनले भने, 'विश्वराजलाई सरकारले उपयुक्त देखेन। उपयुक्त नदेखेको व्यक्तिलाई जेष्ठताकै आधारमा आईजीपी बनाउनु पर्छ भन्ने छैन।'

उनले यसअघि ७ जना न्यायाधीशको इजलासले पनि सरकारको विशेषाधिकारबारे व्याख्या गरिसकेको जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .