ad ad

राजनीति


तुलसीपुर उपमहानगर कार्यपालिका बैठक गठबन्धनद्वारा बहिस्कार

तुलसीपुर उपमहानगर कार्यपालिका बैठक गठबन्धनद्वारा बहिस्कार

सुदीप भण्डारी
जेठ २६, २०७९ बिहिबार १५:१३, बुटवल

दाङको तुलसीपुर उपमहानगरपालिको कार्यपालिका बैठक गठबन्धन र स्वतन्त्र तर्फका कार्यपालिका सदस्यले बहिष्कार गरेका छन्।

कार्यपालिकाको दोस्रो बैठकमा एकलौटी रुपमा विषयगत समिति बनाउन खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रबाट विजयी भएका वडाध्यक्षले आपत्ति जनाएका हुन्। 

तुलसीपुर उपमहानगरको कार्यपालिकाका मेयर उपमेयर सहित २९ जना कार्यपालिका सदस्य छन्। जसमध्ये कांग्रेसका ५, माओवादी केन्द्रका ३ र स्वतन्त्रबाट जितेका १ जना वडाध्यक्ष छन्। मेयर, उपमेयर, बाँकी वडाध्यक्ष र कार्यपालिका सदस्य गरि १९ जना एमालेका छन्।  

एमालेले एकलौटी रुपमा बलमिच्याँइ गरेर विषयगत समिति गठन गर्न खोजेकाले आफूहरुले बहिस्कार गरेको १२ नं वडाका वडाध्यक्ष खुशीराम चौधरीले बताए। 

‘विषयगत समितिको विषयमा छलफल सल्लाह गरेर साझा नगरपालिका बन्ने गरि अगाडि बढ्नुपर्थ्यो’ उनले भने, ‘त्यहाँ कसैसँग राय सल्लाह नगरि बलमिच्याँइ तरिकाले जाने अवस्था बनेपछि हामी बाहिरिएका हौं। बैठकमा बस्ने औचित्य देखेनौं।’ 

चौधरीले बाहिर कहीँ कतै बसेर छलफल गरेर औपचारिकताको लागि मात्र मेयरले बैठक राखेको आरोप लगाए। 

बैठकमा गरिएको प्रस्ताव अनुसार उपमहानगरपालिकाका सम्पूर्ण विभागको जिम्मा एमालेलाई मात्रै प्रदान गरिएको छ।

सुशासन विभाग धर्म वलीलाई, आर्थिक समितिको नेतृत्व माधव वलीलाई, सामाजिक विकासको नेतृत्व मानबहादुर रावत, विपत् व्यवस्थापनको दुजमान भण्डारी, पूर्वाधारको नेतृत्व वीरबहादुर विक, विधेयक निर्माणको नेतृत्व भीमबहादुर योगी, अनुगमन, योजना तथा बजेट र राजस्वको नेतृत्व स्यानी चौधरीलाई प्रदान गरिएको छ। उनीहरू सबै एमालेबाट निर्वाचित हुन्। त्यस्तै, प्रवक्ताको जिम्मा माधव वलीलाई प्रदान गरिएको छ।

नगरपालिकालाई एमालेको पार्टी कार्यालय जसरी चलाउन खोजेको गठबन्धन र स्वतन्त्रका वडाध्यक्षको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .