राजनीति


परराष्ट्रमन्त्री ज्ञवाली र रुसी विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र रुसी विदेशमन्त्रीबीच भेटवार्ता

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १२:५१,

रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सर्जेइ ल्याभ्रोभसँग रुसको राजधानी मस्कोमा सोमबार भेटवार्ता गरेका छन्।

‘भेटका क्रममा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र विभिन्न क्षेत्रमा आपसी सहयोगलाई थप विस्तार र सुदृढ गर्नेबारे महत्वपूर्ण धारणाहरु आदानप्रदान भयो। धेरै लामो अन्तरालपछि द्विपक्षीय भेट भएको छ। साथै प्रेसलाई पनि संयुक्तरुपमा संबोधन गरियो,’ मस्कोमैं रहेका ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनी शनिबार रुस भ्रमणमा गएका हुन् । भ्रमणका क्रममा उनले रुसी राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भन्डारीका तर्फबाट आमन्त्रण गर्ने कार्यक्रम छ।

Gyawali in Russia 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad