ad ad

राजनीति


पोखराका एमाले उम्मेदवार : पूर्वशिक्षकदेखि राष्ट्रपतिकी मितिनीसम्म!

अन्तिमसम्म चर्चामै नभएका पौडेललाई मेयरको टिकट
पोखराका एमाले उम्मेदवार : पूर्वशिक्षकदेखि राष्ट्रपतिकी मितिनीसम्म!

फाइल फोटो


वाशुदेव मिश्र
बैशाख १०, २०७९ शनिबार २२:२८, पोखरा

नेकपा एमालेले पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई नै उठाउने निर्णय गरेको छ। 

पोखराको पुरन्चौर निवासी पौडेल पूर्वशिक्षक हुन्। हाल उनी एमाले प्रदेश कमिटी सदस्य रहेका छन्। 

यसअघि उनलाई पोखरा नगर समितिको अध्यक्ष तोकिएको थियो। 

पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तथा केन्द्रीय सदस्य जगत विश्वकर्मा उनलाई फेरि नगर कमिटी अध्यक्ष बनाउन चाहन्थे। 

तर,पार्टीभित्रको विवादका कारण उनी अध्यक्ष बन्न सकेनन्। 

अध्यक्षमा अर्का नेता खगराज अधिकारीनिकट दिलिप न्यौपाने निर्वाचित भए। उनलाई प्रदेश कमिटीमा ल्याइयो। 

एमाले पोखरा नगर कमिटीले मेयरमा सिफारिस गरेका १२ जनामध्ये उनी सबैभन्दा कम चर्चामा थिए। 

मेयरका लागि प्रदेश सांसद कृष्ण थापा, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका नगरका पूर्वअध्यक्ष दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली र राजीव पहारीले आन्तरिक उम्मेदवारी दिएका थिए।

तर, अनेकौं अनुमानलाई असत्य सावित गर्दै पार्टी नेतृत्वले उनलाई मेयरको उम्मेदवार बनायो। 

शिक्षकबाट राजनीति गरेका उनी पछिल्लो समय एमालेका नेता जगत विश्वकर्मासँग नजिक छन्।

गण्डकीमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,सचिव पद्मा पद्मा अर्याल र जगत विश्वकर्माको एउटा समूह छ। पार्टी संगठन विभाग प्रमुख खगराज अधिकारीको अर्को समूह। 

मेयरका उम्मेदवार दीपक पछिल्लो समय जगतसँग नजिक छन्। 

यता, उपमेयरमा भने पोखरा नगर र प्रदेश कमिटीको सिफारिसमै नरहेकी हालकी उपमेयर मञ्जुदेवी गुरुङलाई नै उम्मेदवार बनाउने एमालेको निर्णय छ। 

मञ्जुदेवी एमाले केन्द्रीय सदस्य तथा राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी हुन्। 

मेयरको रुपमा चर्चा गरिएकी गुरुङले आन्तरिक प्रतिष्पर्धामा भाग लिएकी थिइनन्। तर पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .