ad ad

राजनीति


निर्वाचन रोकिए ठूलो दुर्घटना: प्रमुख निर्वाचन आयुक्त

‘क्षेप्यास्त्र प्रक्षेपण भइसकेको अवस्था हो’
निर्वाचन रोकिए ठूलो दुर्घटना: प्रमुख निर्वाचन आयुक्त

शनिबार जनकपुरधाममा स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलिया। तल अर्काे तस्बिर छ।


शैलेन्द्र महतो
बैशाख ३, २०७९ शनिबार ११:३०, जनकपुरधाम

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब स्थानीय तहको निर्वाचन रोकिए देश ठूलो दुर्घटनातर्फ जाने चेतावनी दिएका छन्।

निर्वाचनको समय नजिकिँदै गर्दा निर्वाचन सर्छ भन्ने विभिन्न टिकाटिप्पणी चलिरहेको बेला प्रमुख आयुक्त थपलियाले त्यसो भएमा देश ठूलो दुर्घटनामा पर्न सक्ने चेतावनी दिएका हुन्। 

शनिबार जनकपुरधाममा स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले भने, ‘निर्वाचनको मिति तोकेर, गन्तव्य तोकेर क्षेप्यास्त्र प्रक्षेपण भइसकेको अवस्था हो। यसलाई तलमाथि, वरपर वा कुनै तरिकाले परिवर्तन गर्न खोज्नु भनेको दुर्घटना निम्त्याउनु हो।’

उनले निर्वाचनको मिति तय हुँदा छलफल र संविधान/कानुनका विषयमा तर्कवितर्क भएकै थिए भन्दै उनले अब सरकारले निर्वाचनको मिति तय गरिसकेकाले अब तर्कवितर्कको आवश्यकता नरहेको टिप्पणी उनले गरे। 

प्रमुख आयुक्त थपलियाले निर्वाचनको क्रम भंग गर्ने अवस्था नरहेको भन्दै उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने धारणा राखे।  उनले यसका साथै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सम्पन्न हुने दाबी गरे। 

थपलियाले निर्वाचन आचारसंहितालाई सामान्य नठान्न भन्दै यसको उलंघन गरे कारबाही हुने चेतावनी पनि उनले दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .